भुमध्यसागरमा भईरहेको मानवीय क्षति रोक्न ईयुलाई ईटलीको आग्रह
बैशाख १०, एजेन्सी ।
इटलीले यूरोपीयन संघ ईयूलाई भूमध्यसागरमा लगातार भइरहेको मानवीय क्षति रोक्नसक्ने कदम उठाउन आग्रह गरेको छ । प्रधानमंत्री रेंजÞीले आज हुने युरोपियन नेताहरुको सम्मेलनको पूर्वसन्ध्यामा यस्तो बताउनुभएको हो । त्यस्तै प्रवासीहरुको तस्करमा संलग्नहरुविरुद्ध युद्धको स्थिति सुरु भएको रेन्जीको भनाइ छ । त्यस्तै त्यहाँका रक्षा मंत्री रोबर्टा पिनोचीले इयूले सैन्य हस्तक्षेपबारे सोच्नुपर्नेमा जोड दिनुभएको समाचारमा जनाइएको छ ।
यस वर्ष भूमध्यसागर क्षेत्रमा आप्रवासी सवार डुंगा डुब्दा १७ सय ५० जनाको मृत्यु भइसकेको छ । मध्य पूर्व र अफÞ्रीकामा युद्ध तथा गÞरीबीका कारण भाग्दै यूरोप जान खोज्नेको संख्या पछिल्ला केही महिनामा बढेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन ।