Live Streaming

भारतमा ३२ जनाको मृत्यु

बैशाख ९, एजेन्सी ।
भारत बिहारको कोशी क्षेत्रमा आएको भिषण आँधीबेहरीका कारण कम्तीमा ३२ जनाको मृत्यु भएको छ । अन्य कयौं घाईते भएका छन् । बिहारका आपद प्रवंधन बिभागका अनुसार, पूर्णिया जिल्लामा २५, मधेपुरामा ६ र मधुबनी जिल्लामा एक जनाको मृत्यु भएको हो ।

आँधीका कारण अधिकांश जिल्लामा सम्पर्क बिच्छेद भएकाले हताहतीको विवरण आउन सकेको छैन । गएराती आएको भिषण आँधीका कारण ८ वटा जिल्ला प्रभावित छन् । यसैबीच बिहारका मूख्यमन्त्री नितिश कुमारले प्रभावित क्षेत्रको भ्रमण गर्ने बताउँदै सरकारले आवश्यक कमद चाल्ने बताउनुभएको छ ।