Live Streaming

बिद्यार्थी संगठनद्वारा सर्वोच्चको फैसलाको स्वागत

काठमाडौं, ९ बैशाख ।
बिभिन्न बिद्यार्थी संगठनहरुले आगामी तीन महिना भित्र स्वबियु निर्वाचन गर्न सरकार र त्रिभुवन बिश्वबिद्यालयलाई सर्वोच्च अदालतले दिएको परामदेशको स्वागत गरेका छन् । काठमाण्डौंको वागबजारस्थित अखिल क्रान्तिकारीको केन्द्रिय कार्यालयमा आज बसेको ती बिद्यार्थी संगठनको बैठकले बिद्यमान बिधि र प्रणाली भित्र रहेर निर्वाचनको वातावरण बनाउन त्रिबिलाई आग्रह समेत गरेको छ । बैठकपछि उनीहरुद्वारा जारी संयुक्त बिज्ञप्तिमा मुलुकका बिभिन्न निकायले गर्ने नियमित काम अगाडि बढाउन समेत अदालत वा अख्तियारको बाटो कुर्न पर्ने अवस्था आउनु बिडम्बनापूर्ण भएको उल्लेख छ ।

यस्तै बैठकले निजी बिद्यालयहरुले बृद्धि गरेको शूल्क फिर्ता गर्ने बारे सरकारसँग भएको सहमति कार्यान्वयनमा जोड दिदै सहमति कार्यान्वयनको माग गर्ने अनेराश्वबियुका कास्की जिल्ला अध्यक्ष सहित बिद्यार्थी नेतामाथि पोखरामा हिजो भएको आक्रमणको निन्दा गरेको छ । सहमती कार्यान्वयनमा अग्रसर नभए सरोकारवाला निकाय बिरुद्ध आन्दोलनमा उत्रने बैठकले निर्णय गरेको छ ।

बिद्यार्थी संगठनहरुको संयुक्त बिज्ञप्ति .......