Live Streaming

आँधीहुरीका कारण अष्ट्रेलियाको जनजीवन अस्तब्यस्त

बैशाख ९, एजेन्सी ।
आँधीहुरीसहितको भारी वर्षाका कारण अष्ट्रलियाको जनजीवन प्रभावित भएको छ । हाल दक्षिणी वेल्सबाट १ सय घर परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । सिड्नीस्थित डुंगोगमा हिजो मात्रै तीन जनाको शव फेला परेको थियो । सो क्षेत्रमा अझै पनि दुई लाख घरपरिवार विजुली अभावमा अन्धकारमा बस्न बाध्य भएको समाचारमा जनाईएको छ ।

आज साँझसम्म भारी वर्षा तथा भीषण आँधीहुरी आउने अष्ट्रेलियाको मौसम विभागले चेतावनी दिएको छ । दुई दिन देखि जारी रहेको आँधी बेहरीका कारण लाखौँ मानिस घरवार विहीन बनेका छन । त्यस्तै माइटल्याण्ड नजिकैको ग्रेटामा समेत आँधीको नराम्रो प्रभाव परेको विविसिले उल्लेख गरेको छ ।