शत्रुजीव ब्यवस्थापनमा संखुवासभाका किसान
संखुवासभा, ९ बैशाख ।
शत्रुजीवका कारण खेतिमा क्षति पुग्न थालेपछि कृषि बिकास कार्यालयको सहयोगमा संखुवासभाका किसान आफै त्यसको व्यवस्थापनमा जुटेका छन् । पर्यावरणीय अवस्थाको बिश्लेषण गरी सातामा एक पटक फिल्डमै गएर किसानहरु खेतिमा लाग्ने शत्रुजीव व्यवस्थापनमा जुटेका हुन् ।
संखुवासभाको खाँदबारी– ११ पिप्लेमा व्यवसायिक तरकारी खेति गर्दै आएकी लक्ष्मी कार्की र श्रीमान गणेश कार्की तरकारी आलुमा कमीला,सागमा लाई र गोपीमा किरा लाग्न थाले पछि सत्रुजिवको व्यवस्थापन तालिम लिन सुरु गरेका हुन् ।
कृषि बिकास कार्यालयले युवा लक्षिक कार्यक्रम अन्र्तगत आर्थिक बर्ष २०७१÷०७२ मा ४० हजार अनुदान दिई ४६ जना युवा किसानलाई व्यवसायिक खेति गर्न सहयोग दिएका छन् । किसान मुखी कार्याक्रमलाई प्राथमिकता दिदै अनुदान सहयोग भन्दा पनि त्यसको प्रगती र उपलब्धीलाई मुख्य रुपमा हेरेर कार्यक्रम तय गर्दै आएको जिल्ला कृषि बिकास कार्यालयका प्रमुख बरिष्ठ कृषि बिकास अधिकृत प्रमोद कुमार रिजालले बताउनुभयो । किसानका लागि साना सिचाँइ कार्यक्रम, कृषिमा दर्ता भएका समुहलाई बार्षिक एक लाख सम्म अनुदान, सहकारी खेति अन्र्तगत ३ लाख र समुहलाई एक लाख देखि एक लाख ५० हजार सम्म अनुदान उपलब्ध गराउदै आएको उहाँले बताउनुभयो ।