Live Streaming

बेमौसमी वर्षाले गहुँबालीमा क्षती

सिन्धुली, ९ बैशाख । सिन्धुलीमा २ दिनअघि परेको बेमौसमी वर्षाका कारण हजारौं क्षेत्रफलमा लगाएको गहुँबालीमा क्षती पुगेको छ ।
वर्षाका कारण जिल्लाको कमलाखोँच तथा सुनकोशीगढ क्षेत्रका कृषकको गहुँबालीमा क्षतीपुगेको हो । पाकेको गहँुबाली भित्राउने समयमा परेको वर्षाले खेतमै गहुँको बाला झर्नुका साथै  भिजेर क्षेती भएको कृषकको भनाइ रहेको । वर्षाका कारण ६ रोपनीमा लगाएको गहुँबाली पूर्णरुपमा नष्ट बनाइदिएको भुवनेश्वरी–९ ग्वाल्टारका कृषक धनबहादुर माझीको गुनासो रहेको थियो ।

माझीका अनुसार ग्वाल्टारका झण्डै एक सय कृषकले लगाएको गहुँबालीमा यसैगरी वर्षतले क्षेती पु¥याएको छ । पानीले सबै गहुँ भिजेपछि अर्को वर्ष विउका लागी समेत समस्या हुने अवस्था आएको कृषकहरुले जनाएका छन् । पानीसंगै आएको असिनाले खेतमै काट्ने बेला भएको गहुँ झरेर सकिएको भिमेश्वर खुर्कोटका कृषक सावित्री कार्कीको भनाई छ ।

पटक पटकको वर्षाले गहुँबाली उत्पादनमा क्षेती पु¥याएपछि यस वर्ष जिल्लामा गहुँ उत्पादनमा राह्र हुने भएको जिल्ला कृषि विकास कार्यालय सिन्धुलीले जनाएको छ । जिल्लामा वार्षीक रुपमा ५ हजार ६ सय ५० हेक्टर क्षेत्रफल जमिनमा गहुँ खेती गरीदै आएको छ भने वार्षीक रुपमा १४ हजार एक सय ५० मेक्ट्रीक टन गहुँ उत्पादन हुँदै आएको कृषि कार्यालयले जनायो ।