अपडेट - मृतकको संख्या १७ पुग्यो
धादिङ्ग, ९ बैशाख ।
१४ जनाको घटनास्थलमा र ३ जनाको उपचारका क्रममा मृत्यु भएको घनास्थलमा रहेका हाम्रा सहकर्मी सुवास गोतामेले जनाएका छन् । दुर्घटनामा मृत्यु भएका ९ जना पुरुष र ८ महिला भारत गुजरातका रहेको प्रहरीले जनाएको छ । दुई दर्जन घाईतेको काठमाण्डौका बिभिन्न अस्पतालमा उपचार भईरहेको छ । केहीको अवस्था भने गंभिर छ ।
बिपरित दिशाबाट आईरहेको मोटरसाईकललाई साईड दिनेक्रममा दुई तले सो बस अनियन्त्रित भई पल्टिएको अनुमान प्रहरीको छ । बसमा ५१ जना सवार रहेको प्रहरीको अनुमान छ । करिब २ सय जनाको उद्दार टोली अहिले पनि घटनास्थलमै छ ।