Live Streaming

धादिङ्गमा पर्यटक बस दुर्घटनामा १२ भारतीय नागरिकको मृत्यु

धादिङ्ग, ९ बैशाख ।
पृथ्वी राजमार्ग अन्तर्गत धादिङको झ्याप्रे खोलामा तिर्थयात्री बोकेको बस दुर्घटना हुँदा १२ भारतीय नागरिकको मृत्यु भएको छ । २४ जना घाइते भएका छन । पशुपतिनाथको दर्शन गरेर काठमाडौंबाट गोरखपुर जाँदै गरेको जी जेट १४ एक्स ९९०० नम्बरको बस बिहान पौने ७ बजेतिर दुर्घटनामा परेको ट्राफिक प्रहरीले जनाएको छ । दुर्घटनामा ५ पुरुष र ७ महिलाको मृत्यु भएपनि उनीहरुको खनाखत हुन सकेको छैन ।

५१ जना यात्रु सवार दुइ तले सो बस नागढुंगाबाट केही अगाडि पुगेपछि सडकबाट झण्डै ३ सय मिटर तल खसेको थियो । घटनास्थलमा अहिले उद्दार कार्य जारी छ । सशस्त्र प्रहरीको डीएपीको नेतृत्वमा टोली खटिएको छ भने बलम्बुमा भएको तालिमप्राप्त टोली पनि पुगेको हाम्रा धादिङ सहकर्मी मनिष दुवाडिले जानकारी दिनुभयो । दुर्घटनाका कारण नागढुंगा सडकखण्ड अहिले अवरुद्ध भएको प्रहरीले जनाएको छ ।  
यता जावलाखेलमा यात्रु बस र मोटरसाइकल एक आपसमा ठोक्किदाँ १२ जना घाइते भएका छन । घाइतेमध्ये ५ जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । ललितपुरको भैसेपाटीबाट काठमाडौंको रत्नपार्क आउदै गरेको ब २ ख ३५० नम्बरको बस, तिब्र गतिमा रहेको मोटरसाईकलसंग ठोकिएको थियो । घाईते सवैको पुल्चोकस्थित अल्का अस्पतालमा उपचार भईरहेको छ ।