कम्युनिष्ट पार्टी ६८ बर्षमा प्रवेश
काठमाडौं, ९ बैशाख ।
कम्युनिष्ट पार्टीको ६७ औँ स्थापना दिवस नेपालमा पनि आज कम्युनिष्ट सिद्धान्तसँग आवद्ध राजनीतिक दलहरुले विभिन्न कार्यक्रमको आयोजना गरी मनाउँदैछन । स्थापना दिवसको अवसर पारेर कम्युनिष्ट पाटीहरुले शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेका छन ।
यसैसन्दर्भमा एमालेका अध्यक्ष केपी ओलीले दिवसको अवसरमा शुभकामना सन्देश दिनुहुँदै एकीकृत माओवादी र मधेस केन्द्रीत दलहरुको अबरोधका कारण संविधान निर्माणमा ढिलाई भईरहेको आरोप लगाउनु भएको छ । अध्यक्ष ओलीले संक्रमणाकाल लम्बिदै जाँदा अहिलेसम्म प्राप्त भएका गणतन्त्र संघीयताजस्ता उपलब्धि समेत गुम्ने खतरा बढेको बताउनु भएको छ ।
यसैसन्दर्भमा एमालेका अध्यक्ष केपी ओलीले दिवसको अवसरमा शुभकामना सन्देश दिनुहुँदै एकीकृत माओवादी र मधेस केन्द्रीत दलहरुको अबरोधका कारण संविधान निर्माणमा ढिलाई भईरहेको आरोप लगाउनु भएको छ । अध्यक्ष ओलीले संक्रमणाकाल लम्बिदै जाँदा अहिलेसम्म प्राप्त भएका गणतन्त्र संघीयताजस्ता उपलब्धि समेत गुम्ने खतरा बढेको बताउनु भएको छ । एमालेले आज राजधानीमा आज छलफल कार्यक्रमको आयोजना पनि गर्ने भएको छ ।
यस्तै एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले पनि दिवसको अवसरमा शुभकामना दिनु हँदै क्रान्तिकारी कम्युनिष्ट पार्टीहरुबीच एकताको आवश्यक रहेको बताउनुभएको छ । स्थापना दिवसका अवसरमा आज एमाओवादी, नेकपा एमाले, नेकपा–माओवादी, नेपाल कम्युनिष्ट पार्टीलगायतका पार्टी निकटका निकायबाट विभिन्न कार्यक्रम आयोजना हुँदैछ । सिद्धान्ततः माक्र्सवाद र लेलिनवादमा विश्वास गर्ने भएपनि शुरुमा एउटै नाममा रहेको कम्युनिष्ट पार्टी कार्यशैली र विचारधारामा मतभेदका कारण विभिन्न टुक्रामा विभाजित छन् ।