Live Streaming

जाजरकोटमा २४ घण्टाभित्र उच्चस्तरीय चिकित्सकको टोली पठाउनु : सर्वोच्च

काठमाडौं, ८ बैशाख । सर्वोच्च अदालतले जाजरकोटमा फैलिएको महामारी नियन्त्रण गर्न २४ घण्टाभित्र उच्चस्तरीय चिकित्सकको टोली र उचित स्रोत साधनको व्यवस्था गर्न सरकारलाई आदेश दिएको छ ।

आज न्यायाधीश गोविन्दकुमार उपाध्यायको इजलासले मृतकका परिवारलाई दाहसंस्कार र उचित क्षति पुर्ती दिलाउन पनि सरकारका नाममा अन्तरिम आदेश जारी गरेको हो ।