नेपाल अण्डर १४ छात्रा फुटबलको सेमिफाइनल नजिक
काठमाडौं, ८ बैशाख ।
नेपालले काठमाण्डौंमा जारी अण्डर १४ गल्स फुटबल प्रतियोगितामा लगातार दोस्रोे जित दर्ता गरेको छ । जितसँगै समुह ए मा रहेको नेपाल सेमिफाईनल नजिक पुगेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा अपरान्ह भएको खेलमा माल्दिभ्सलाई १०–० गोलअन्तरमा पराजित गर्दै डिफेण्डिङ्ग च्याम्पियन नेपाल ६ अंकमा समुह एको शीर्ष स्थानमा उक्लिएको छ ।
पहिलो खेलमा नेपालले ईरानलाई ३–२ ले पराजित गरेको थियो । माल्दिभ्सबिरुद्ध एकतर्फी खेल पस्किएको नेपालले पहिलो हाफमा ६ गोल गरेको थियो भने दोस्रो हाफमा ४ गोल थपेको थियो । नेपालको जितमा रेखा पौडेलले ६, ११ र १५ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरिन् । निर्मला उपाध्यायले र मनिसा राउतले समान २–२ तथा मञ्जली कुमारी र सान्झना लावतीले थप गोल गरेका थिए ।
यसैवीच भारत प्रतियोगिताको सेमिफाईनलमा प्रवेश गरेको छ । दशरथ रंगशालामा आजै भएको पहिलो खेलमा बंगलादेशसंग १–१ गोलको बराबरीमा रोकिएपनि भारत अन्तिम ४ मा पुगेको हो । समुह बी मा रहेको भारत २ खेलबाट ४ अंक जोड्दै शीर्ष स्थानमा रहँदा बंगलादेश १ अंकमा दोस्रो र अंकबिहिन भुटान पुछारमा छ । समह बीमा बंगलादेश र भुटानबीच प्रतिस्पर्धा हुन बाँकी छ ।
उता जावलाखेलस्थित आर्मीको फिजिकल सेन्टरमा भएको खेलमा ईरानले श्रीलंकालाई ११–१ को फाराकिलो अन्तरमा पराजित ग¥यो । आफनो पहिलो खेलमा नेपालसँग पराजित भएपनि ईरानी टोलीले श्रीलंका बिरुद्ध भने प्रभावशाली जित निकालेको हो । जितसँगै ईरान ३ अंकमा समुह एको दोस्रो स्थानमा उक्लिएको छ ।