Live Streaming

ग्याफ्नेको हत्यामा संलग्न अभियुक्त १८ बर्षपछि पक्राउ

काठमाडौं, ८ बैशाख ।
सेन्ट जेभियर्स स्कुलका संस्थापक फादर ग्याफ्नेको हत्यामा संलग्न भएको भन्दै प्रहरीले  १८ बर्षपछि एकजनालाई पक्राउ गरेको छ । झापाको काँकडभिट्टा जादै गरेका ४३ बषिर्ष गोकुल भन्ने ढाल बहादुर खड्कालाई महानगरीय प्रहरी अपराध महाशाखा, हनुमानढोकाले हिजो पक्राउ गरेको हो ।

 

२०५४ मंसिर २८ गते राती ललितपुरको झम्सिखेल बस्ने अमेरिकन नागरीक फादर ग्याफ्ने आफ्नै कोठामा धारिलो हतियार प्रहार गरी हत्या गरिएको अवस्थामा फेला परेका थिए । दोलखा फस्कु ८ का खड्कालाइ घरेलु काममा लगाएवापत दिने भनेको पैसा नदिएपछि  ग्याफ्नेको हत्या भएको अनुसन्धानबाट खुलेको छ ।

 

काम गरेवापतको पैसा नपाएपछि फादर ग्याफ्नेको खुकुरी प्रहार गरी हत्या गरे पछी दराजमा रहेको  २२ हजार रुपैयाँ चोरी गरी खड्का फरार भएका थिए ।