Live Streaming

चितवनमा थप १३ जनामा स्वाईन फ्लु

चितवन, ८ बैशाख ।
चितवनमा थप १३ जनामा स्वाईन फ्लुको संक्रमण भेटिएको छ । योसँगै चितवनमा मात्र उपचारका लागि आएका १ सय ६६ जनामा स्वाईन फ्लु भएको पुष्टि भएको छ  ।

जनस्वास्थ्य कार्यालय चितवनका कीट नियन्त्रण निरीक्षक रामकुमार केसीकाअनुसार, चितवन घरमा भएका १० तथा उपचारका लागि आएका नवलपरासीका २ र उदयपुरका एक जनामा संक्रमण देखिएको हो । कुल ५६ को नमुना परीक्षणमा १३ मा पुष्टि भएको र अझै ५३ जनाको परीक्षण प्रतिवेदन आउन बाँकी रहेको केसीले बताउनुभयो ।

चितवनमा पहिलो चरणको परीक्षणमा शंकास्पद देखिएकाको नमुना इपिडिमियोलोजी तथा सरुवा रोग महाशाखा काठमाडौँमा थप परीक्षणका लागि ल्याउने गरिएको छ । अहिलेसम्म चितवनबाट मात्र ५ सय ३ को नमुना परीक्षणका लागि काठमाडौँ ल्याईएको छ ।