कँग्रेसमा म मेहनती नेता हुँ – रामचन्द्र पौडेल
तनहुँ, ८ बैशाख ।
नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले पार्टीमा रहेको गुटबन्दी लाई समाप्त पार्ने दावी गर्नुभएको छ । तनहुँमा सञ्चारकर्मीसंग कुरा गर्दै उहाँले आफू भने मेहनत मा विश्वास गर्ने नेता भएको टिप्पणी गर्नुभएको हो ।
उहाँले हरेक पार्टीमा देखिने ठग प्रवृत्ति आफ्नो पार्टीमा भए पनि अब त्यस्तो प्रवृत्ति गर्नेहरु बढारिने पौडेलले दाबी गर्नुभयो । उहाँले पार्टीभित्र आफू आम आदमी भएको दाबी गर्दै पौडेलले अब भारतमा केजरीवालले जस्तै पार्टीमा रहेको गुठबन्दीलाई आफूले कुचो चलाउने चेतावनी दिनुभयो । उहाँले पार्टी महाधिवेशन नजिकिंदै गर्दा उम्मेदवारीबारे सोधिएको प्रश्नमा पार्टीले दिएको जिम्मेवारी पुरा भए पछि बोल्ने बताउनुभयोे ।
उता, दाङमा आज बिहान आयोजित कार्यक्रममा नेपाली काग्रेसका केन्द्रिय सदस्य गगन थापाले १३ औ महाधिबेसनबाट पाटी नयाँ अध्यायमा जाने बताउनुभएको छ । केन्द्रिय समितिमा निर्णयकर्ता र साक्षी बस्ने संस्कार सोही १३ औ महाधिबेसनबाट अन्त्य हुने उहाँको भनाई थियो । जाजरकोट रोगले ग्रस्त रहेको अवस्थामा सरकारले उचित कदम चाल्न नसकेको टिप्पणी गर्दै थापाले प्रतिपक्ष दल समेत मस्त निद्रामा परेको आरोप लगाउनुभयो ।