Live Streaming

बारामा ३ जनाको मृत्यु

बारा, ८ बैशाख ।
पुर्व पश्चिम राजमार्ग अन्तरगत बाराको पिलुवास्थित पसाहा खोला नजिक आज बिहान यात्रुवाहक बस पल्टिदा तीन जनाको ज्यान गएको छ । दुर्घटनामा अन्य १४ जना घाइते भएका छन ।
काठमाडौबाट सर्लाहीको मलंगवा जादै गरेको ना ४ ख ४५१६ नम्बरको  बस बिहान पौने ६ बजे सडक छेउ पल्टिएर दुर्घटनामा परेको हो ।

दुर्घटनामा सर्लाही ब्रम्हपुरीका अकलु गिरी, उनकी श्रीमति भवानी र पुर्नबासका लक्ष्मी पासवानको मृत्यु भएको प्रहरीले जानएको छ । घाइतेमध्ये गंभिर अवस्थामा २ जनालाई थप उपचारका लागि काठमाण्डौं ल्याईएको छ भने अन्यको स्थानिय अस्पतालहरुमा उपचार भईरहेको छ । तिब्र गतिमा रहेको बस चालक निदाएपछि सडक छेउ पल्टिएको प्रहरीको अनुमान छ ।

उता तनहुँको देउरालीमा ट्रकको ठक्करले ठक्करदिदा मोटरसाईकल चालक कलेस्तीका सुवास नेपालीको मृत्यु भएको छ । डुम्रेबाट दमौली जाँदै गरेको ना ४ ख २० १७ नम्बरको ट्रकले नेपाली सवार मोटरसाईकललाई ठक्कर दिएको थियो । मोटरसाइकलमा सवार व्यास ११ का  विनोद नेपालको खुट्टा भाँचिएको र उनको रत्नहरि मेमोरियल अस्पताल दमौलीमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।