चन्द माओवादी कार्यकर्ताद्वारा उर्जा सचिवको घरमा कालो झण्डा
काठमाडौं, ८ बैशाख ।
नेत्रविक्रम चन्द नेतृत्वको माओवादीले उर्जासचिव राजेन्द्रकिशोर क्षेत्रीको कलंकीस्थित निवासमा झन्डा गाडेको छ ।
माथिल्लो कर्णाली आयोजना विकास सम्झौता (पीडिए) मा राष्ट्रघात भएको भन्दै चन्द माओवादीले कालो झन्डा गाडेका हुन् । माओवादीले सोमबार मात्रै काभ्रेमा १५ रोपनी जग्गा कब्जा गरेको थिया ।