Live Streaming

एउटासँगको सहमति अर्काले नमान्दा बिद्यार्थीहरु समस्यामा

काठमाडौं, ८ बैशाख ।
विभिन्न विद्यार्थी संगठनहरुले शिक्षा मन्त्रालयसंग भएको सम्झौता निजी विद्यालय संचालकहरुले कार्यन्वयन नगरेको भन्दै आन्दोलनमा उत्रने चेतावनी दिएका छन् ।

केहि दिन अघि विद्यार्थी संगठन र शिक्षा मन्त्रालयबीच शुल्क वृद्धि नगर्ने सहमति भएको थियो । निजी विद्यालयहरुले शुल्क वृद्धि फिर्ता नलिने बताए पछि विद्यार्थी संगठनहरुले आन्दोलनमा उत्रने चेतावी दिएका हुन् ।