Live Streaming

बेपत्ताको यथार्थ विवरण चाहियो

नुवाकोट, ८ बैशाख ।
नुवाकोटबाट वेपत्ता पारिएका परिवारका सदस्यले आफ्ना परिवारका वेपत्ता भएको सदस्यको यथार्थ जानकारी दिन सरकारसँग माग गरेका छन् ।

विदुर नगरपालिकामा भएको भेलामा उनिहरुले वेपत्ताको वास्तविक अबस्था सरकारले जानकारी दिनुपर्ने माग गरेका हुन् । सशस्त्र द्वन्दको समयमा नुवाकोट  धादिङ र रसुवाका वेपत्ता परिवारको संयुक्त कार्यक्रममा उनीहरुले राज्यले वेपत्ता परिवारका सदस्यलाई बाच्ने आधार दिनुपर्ने बताएका थिए  ।