डुङ्गाका क्याप्टेन पक्राउ
बैशाख ८, एजेन्सी ।
दुई दिन अघि लिवियास्थित भूमध्य सागरमा डुबेको डुंगाका क्याप्टेन र चालक दलका एक सदस्य पक्राउ परेका छन । जिवीतै उद्धार गरिएका २८ जनामध्ये उनीहरुलाई मानव तस्करी गरेको आशंकामा हिजो राती अबेर सिसिलिबाट पक्राउ गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन ।
युरोपियन युनियनले डुंगाा दुर्घटनाबाट हुने संकट न्यूनीकरणका लागि विशेष योजना घोषणा गरेलगत्तै ती दुईलाई पक्राउ गरिएको हो । डुंगा डुबेपछि वेपत्ता भएकाहरुको खोजी र उद्धारको कार्यलाई तीव्र पार्ने तथा मानव तस्करी गर्न प्रयोग गरिएका डुंगाहरु नष्ट गर्ने इयुको घोषणा छ ।