Live Streaming

राष्ट्रपति यादवद्वारा बिभिन्न ब्यक्तित्व बिभुषित

काठमाडौं, ७ बैशाख ।
राष्ट्रपति रामवरण यादवले राष्ट्रिय तथा अन्तराष्ट्रिय जीवनका विशिष्ट व्यक्तित्व, राष्ट्रसेवक र सामाजिक क्षेत्रका व्यक्तिहरुलाई मानपदवीबाट बिभुषित गर्नुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित एक समारोहमा नेपाल रत्नवाट पुर्व प्रधानमन्त्री स्वर्गीय गीरिजाप्रसाद कोइराला मरणोपरान्त सम्मानित हुनुभएको छ । 

राष्ट्रपति यादवले स्वर्गीय कोइारालाको सम्मान कोइरालाकी सुपुत्री सुजाता कोइरालाई हस्तान्तरण गर्नुभएको थियो । महाउज्वल राष्ट्रदीप प्रथम श्रेणीवाट दोश्रो संविधानसभाको निर्वाचन गर्न गठित मन्त्रीपरिषदका अध्यक्ष खिलराज रेग्मी र स्वर्गीय द्वय शैलजा आचार्य र भीमबहादुर तामाङ मरणेपरान्त सम्मानित हुनभएको छ । त्यसैगरी, उज्वल कीर्तितय  राष्ट्रदीप द्वितीय श्रेणीवाट राष्ट्रकवि माधवप्रसाद घिमिरे र साहित्यकार मोदनाथ प्रश्रितलाई सरकारले सम्मान गरेको छ ।

प्रसिद्ध जनसेवा प्रवल तृतीय श्रेणीवाट भने रिद्धीबाबा प्रधान, विद्याधर मल्लिक, माधवप्रसाद पौडेल, शंकरप्रसाद कोइराला, छविराज पन्त, उमाकान्त झा, टेकवहादुर थापा घर्ती लगायतका पूर्वमन्त्रीहरु र नीलकण्ठ उप्रेती, इला शर्मा, दोलखवहादुर गुरुङ, डाक्टर अयोधीप्रसाद यादवलगायत प्रमूख आयुक्त र आयुक्तहरुकासाथै पूर्वन्यायधीश कल्याण श्रेष्ठ, काशीराज दाहाल, मोहनप्रसाद अधिकारीलगायतका व्यक्तित्वहरु सम्मानित हुनुभएको छ ।

लोक गायिका हिरादेवी कोइराला, कोमल वली, टीका पुन, संगीतकार शम्भुजित वाँस्कोटा, समाजसेवी रामवहादुर हायु, रेस्लर भरतबहादुर विसुराल, पत्रकार प्रताप विष्ट, आरती चटौत लगायतपनि चतुर्थ श्रेणीबाट सम्मानित हुनुभएको थियो ।

सेवारत तथा सेवा निवृत्त पदाधिकारी तथा व्यक्तित्वहरुले नेपाल रत्न, महाउज्जवल राष्ट्रदीप प्रथम श्रेणी, प्रसिद्ध जनसेवा प्रवल लगायतका मानपदवीवाट सम्मानित भएका थिए । राज्य अङ्गका विभिन्न ओहदामा रहेर निष्ठापूर्वक सेवा पु¥याएको भन्दै सरकारले विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरेको हो ।

सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग, गृहमन्त्रालय, मानव अधिकार आयोग, अदालतलगायतका सरकारी सेवामा कार्यरत पदाधिकारीहरुलाई विभिन्न श्रेणीवाट सम्मानित गरेको हो । त्यसैगरी, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीका पदाधिकारीहरुलगायत समाजसेवा, गीत संगीतको क्षेत्रवाट देशलाई सेवा पु¥याउने व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो ।