डा. गोबिन्द केसी जाजरकोट तर्फ
काठमाडौं, ७ बैशाख ।
प्रा. डा गोविन्द केसी संक्रमित क्षेत्र जाजरकोटमा बिरामीको उपचारका लागि त्यसतर्फ जानु भएको छ । केसी आफ्ना केही सहयोगिसहित आज बिहान नेपालगंजबाट जाजरकोटतर्फ जानुभएको हो । केही दिन अघि जनताको स्वास्थ्यसँग राज्यले खेलवाड गरेको भन्दै १२ दिन लामो आमरण अनसन बस्नुभएका डा. केसीको जाजरकोटमा महामारी फैलिदा बेखबर बनेको भन्दै आलोचना भइरहेको थियो ।
अन्ततः राज्यले महामारी नियन्त्रणमा प्रभावकारी भूमिका निर्वाह गर्न नसकिरहेका वेला डा. केसी आफ्नो व्यक्तिगत प्रयासमा महामारी क्षेत्रमा पुग्नुभएको हो । डा. केसीले महामारी क्षेत्रका लागि भन्दै आइतबार नै त्यसतर्फ औषधि पठाइसक्नुभएको थियो । तीन सातादेखि जाजरकोटमा फैलिएको संक्रमणका कारण हालसम्म २५ जनाले ज्यान गुमाइ सकेका छन् । अहिले पनि एक हजार भन्दा बढी बिरामीहरु रहेका छन् ।