Live Streaming

मोरङका निजी विद्यालयहरु बन्द

बिराटनगर, ७ बैशाख ।
निजी विद्यालयहरुले मनोमानी रुपमा शुल्क बृद्धि गरेको भन्दै विरोधमा उत्रिएका विभिन्न राजनीतिक दल आवद्ध विद्यार्थी संगठनले मोरङमा निजी विद्यालयहरु बन्द गराएका छन् ।

विना पूर्व सूचना नौ विद्यार्थी संगठनले निजी शैक्षिक संस्था हड्तालको आह्वान गर्दा पठन पाठन प्रभावित बनेको छ । नेपाल विद्यार्थी संघ, अनेरास्ववियु, एमाओवादी लगायत माओवादी सम्बद्ध तीन विद्यार्थी संगठन, मधेसी विद्यार्थी फोरम लोकतान्त्रिक, लगायत  विद्यार्थी हरुले अभिभावक र विद्यार्थीको ढाड सेक्ने गरी गरिएको शुल्क बृद्धि तत्काल फिर्ता लिनु पर्ने माग गर्दै निजी विद्यालयमा पठन पाठन ठप्प पारेका हुन् ।

शुल्क समायोजका लागि आज विहान जिल्ला शिक्षा कार्यालय मोरङमा विद्यार्थी संगठन, अभिभावक, जिल्ला शिक्षा कार्यालय, प्याब्सन र एनप्याब्सनबीच भएको वार्ता विना निस्कर्ष टुँगिएपछि निजी विद्यालय बन्दलाई झन कडा पारेर लग्नु परेको अनेरास्ववियु मोरङका अध्यक्ष गोकर्ण घिमिरेले बताउनु भयो ।