Live Streaming

अष्ट्रेलिया र ईरान आईएस बिरुद्ध एकजुट

बैशाख ७, एजेन्सी । अष्ट्रेलिया र इरानबीच इस्लामिक अतंकवादी समूह आईएसविरुद्धको सहकार्यका  लागि गुप्तचरी सूचना आदान प्रदान गर्ने समझदारी भएको छ ।

इरान भ्रमणका क्रममा अष्ट्रेलियाली विदेशमन्त्री जुलिया बाइसपले यो सम्झौताबाट आईएसको सामना गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेको बिबिसिले जनाएको छ । इरानी राष्ट्रपति हसन रुहानीसँगको भेटपछि उनले इरानीहरुले इराकमा संकलन गरेको सूचनासम्म अष्ट्रेलियाको पहुँच पुग्ने बताउनुभयो । करिब एक सय अष्ट्रेलियन नागरिक इराक र सिरियामा सक्रिय आईएसमा आबद्ध हुन पुगेको अनुमान गरिएको छ ।