कँग्रेस भित्र रानी र भाले मौरीको जमात छ–रामचन्द्र पौडेल
तनँहु, ७ बैशाख ।
नेपाली कँग्रेसका उपसभापति रामचन्द्र पौडेलले एकीकृत माओवादी संविधान निर्माणप्रति लचक देखिएकाले सहमति जुट्ने आशा पलाएको बताउनुभएको छ । तनहुँमा आज आयोजित एक कार्यक्रममा उहाँले आगामी विहीबारसम्ममा दलहरुबीच संघियता लगायत मुख्य विवादित विषयमा सहमति जुट्न सक्ने सम्भावना बढेको बताउनुभयो । उहाँले संविधान निर्माणका लागि जनताले दिएको जनादेशलाई उच्च सम्मान गर्दै संविधान निर्माण प्रक्रियालाई निष्कर्षमा पु¥याउनुपर्नेमा कँग्रेस लागिपरेको दावी गर्नुभयो ।
फरक प्रशंगमा उपसभापति रामचन्द्र पौडेलले महाधिवेशन नजिकदै गर्दा काँग्रेस भित्र बढेको गुटबन्दीलाई रानी र भाले मौरीको संज्ञा दिनुभयो । काम नगरेपनि पार्टी भित्र आफ्नो हैकम चलाउन खोज्नेको जमात बढी भएकाले आसन्न कँग्रेस महाधिवेशनमा नेतृत्व चयन सर्वसम्मत हुन नसक्ने संकेत उहाँको थियो ।