Live Streaming

स्वाईन फ्लुका कारण सोमलाल बटाजुको निधन

काठमाडौं, ७ बैशाख ।
स्वाईन फ्लु संक्रमणका कारण वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्ष सोमलाल बटाजुको गएराती निधन भएको छ । राजधानीको धापासीस्थित ग्राण्डी अस्पतालमा उपचाररत बटाजुको गएराती १ बजेर २० मिनेटमा निधन भएको अस्पतालले जनाएको छ ।

स्वाइनफ्लुको संक्रमण भएपछि बटाजु दुईसाता अघि ग्राण्डी अस्पताल भर्ना हुनुभएको थियो । धापासीस्थित एसओएस म्यानपावरका सञ्चालकसमेत रहेका बटाजुलाई उपचारका लागि भारत लैजान खोजिएपनि सम्भव नभएको बटाजुका आफन्तले जानएका छन् । बटाजुका निजी सहयोगीलाई समेत स्वाइफ्लु संक्रमण देखिएको अस्पतालले जनाएको छ ।

ग्राण्डी अस्पतालको आइसीयुमा राखेर उपचार गरिएका बटाजुलाई डा. सुवास आचार्य र डा. अर्जुन कार्कीले उपचार गर्दै आउनुभएको थियो । ६८ वर्षीय बटाजुलाई कडा निमोनिया भएको अवस्थामा स्वाइन फ्लुले आक्रमण गरेको अस्पतालको भनाइ छ ।

यसअघि ग्राण्डी अस्पतालमै एमाले नेता रामनाथ ढकालको पनि स्वाइफ्लुका कारण निधन भएको थियो ।