Live Streaming

आज पनि भिटाभिन र जुकाको औषधी खुवाईने

काठमाडौं, ७ बैशाख ।
देशका ७५ वटै जिल्लाका ६ महिना देखि पाँच वर्षसम्मका बालबालिकालाई हिजो देखि शुरु गरिएको भिटामिन ए क्याप्सुल र जुकाको औषधी खुवाउने सरकारी योजना आजपनि जारी छ । हिजो भिटाभिन ए र जुकाको औषधी खुवाउन छुटेकाहरुलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कार्यक्रम आज खुवाईँदैछ ।

२ दिनको यो अभियानमा करिब ५० लाख बालबालिकालाई भिटाभिन ए खुवाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै एक वर्षदेखि पाँच वर्ष सम्मका करिव ३० लाख बालबालिकालाई जुकाको औषधीसमेत खुवाइने कार्यक्रम मन्त्रालयले तय गरेको छ ।