आइएसद्वारा २८ जनाको हत्या
बैशाख ७, एजेन्सी ।
इस्लामिक स्टेट आइएसका लडाकुले अर्काे नरसंहार गरेको छ । चरमपन्थीहरुले लिवियामा पक्रिएका इथियोपियाका अठ्ठाइस जनाको हत्या गरेको भिडियो सार्वजनिक भएपछि अर्काे नरसंहार बाहिर आएको हो ।
चरमपन्थीले हिजो सार्वजनिक गरेकोे तीस मिनेट लामो भिडियोमा १२ जनालाई समुद्रको किनारामा तथा १६ जनाको रेगिस्तानी क्षेत्रमा गोली हानी मारिएको अन्तराष्ट्रिय सञ्चारमाध्याहरुले जनाएका छन ।
भिडियोमा धर्म परिवर्तन गरी मुसलमान बन्न धम्की दिँदै गोली हानिएको समाचारमा जनाइएको छ
यसअघि आईएसले दुइृ महिना पहिले इथीयोपियाकै एक्कमइस ईसाइको हत्या गरेको भिडियो जारी गरेको थियो ।