कँग्रेस–एमालेले विपक्षीमोर्चासँग छलफल गर्ने
काठमाडौं, ६ बैशाख ।
सत्तारुढ दल कँग्रेस एमालेले संविधानसभाका विवादित अन्तरवस्तुमा सहमति नजुटे आगामी संविधानसभा बैठकबाट प्रकृया सुचारु गर्ने भएका छन् । संविधानका अन्तरबस्तुमा साझा धारणा बनाउन भन्दै प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकले साँझ एकीकृत माओवादी लगायत विपक्षीमोर्चासँग छलफल गर्ने निणर््ाय गरेको हो ।
यसअघि भएका सहमतिको प्रयास निर्णायक बन्न नसकेकोले अब सबै विकल्प खुल्ला राखेर लचकताका साथ प्रस्तुत हुने सत्तारुढ दलहरुको तयारी छ । सहमतिको लागि अधिकतम प्रयास गर्दा समेत विपक्षी मोर्चा सकारात्मक नदेखिए अब संविधानको मस्यौदा लेखन कार्य अघि बढाउनेमा कँग्रेस एमाले सहमत भएका हुन । बैठकमा प्रधानमन्त्रि सुशील कोइराला, एमाले अध्यक्ष केपी ओली, बरिष्ठ नेता झलनाथ खनाल, काँग्रेस नेता शेर वहादुर देउवा, उपसभापति रामचन्द्र पौडेल लगायत शिर्ष नेताहरुको सहभागिता रहेको थियो ।