Live Streaming

नेतृत्वदायी भूमिका खेल्न एकीकृत माओवादीलाई चीनको आग्रह

काठमाडौं, ६ बैशाख ।
चीनले सविंधान निर्माणमा नेतृतवदायी भूमिका खेल्न एकीकृत माओवादीलाई आग्रह गरेको छ । तीस दलीय मोर्चाका संयोजक समेत रहेका अध्यक्ष पुष्पकमल दाहालसँग उहाँकै निवास लाजिम्पाटमा भएको भेटमा चिनीया कम्युनिष्ट पाटीका नेताले यस्तो आग्रह गरेका हुन । नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टीका सान्झी प्रान्तका सेक्रेटरी झेयो झेन्याङले आज विहान दाहालसँग भेट गर्नुभएको स्वकीय सचिव चुडामणि खडकाले जानकारी दिनुभयो ।

उहाँहरुबीच संविधान निर्माण, दुई देश र दुई पार्टीबीचको सम्वन्ध सुधारबारेसमेत छलफल भएको थियो । संविधान बनेपछि राजनीतिक स्थितरता कायम हुने र त्यसले नेपाललाई थप सहयोग गर्न आधार बन्ने चिनियाँ टोलीको धारणा थियो । जवाफमा अध्यक्ष दाहालले दलहरुबीच सहमतिको प्रयास भइरहेको जानकारी गराउनुभएको थियो ।