मृतक विद्यार्थी ओखलढुंगाकी बालकुमारी दाहाल
काठमाडौं, ६ बैशाख ।
राजधानीको चावहीलमा मिनी ट्रकको ठक्करबाट मृत्यु भएकी छात्राको सनाखत भएको छ । पशुपति बहुमुखी क्याम्पसमा अध्ययन गर्ने ओखलढुंगा विभुटार ८ की २१ वर्षीया बालकुमारी दाहालको ट्रकको ठक्करबाट बिहान मृत्यू भएको प्रहरीले जनाएको छ ।
बा १ ख ९११२ नम्बरको मिनी ट्रकले गोपिकृष्ण सिनेमाहल नजिक पुलमा कपनमा डेरा लिई बस्ने उनलाई बिहान ९ बजेतिर ठक्कर दिएको थियो । गंभिर घाईते दाहाललाई नजिकै रहेको ओम अस्पताल लैजादै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने चालक र ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यसैबीच साथीको मृत्यु भएको भन्दै पशुपति क्याम्पसका विद्यार्थीले केहीबेर चावहील क्षेत्रमा प्रदर्शन गरेका छन् ।
( तस्विर Orbil Lajalu को फेसबुकबाट )