Live Streaming

सरकारले बोलायो बिद्यार्थीलाई

काठमाडौं, ६ बैशाख ।
निजि विद्यालयहरुले गरेको शुल्क बृद्धिको विरोधमा संयुक्त विद्यार्थी संगठनले आज देशभरका जिल्ला शिक्षा कार्यालयमा एक घण्टा धर्ना दिएका छन । बिहान १० देखि ११ बजेसम्म विभिन्न विद्यार्थी संगठनले शिक्षा कार्यालय घेराउ गर्दै शुल्क वृद्धि फिर्ता गराउन सरकारले पहल गर्नुपर्नेमा जोड दिएका छन । जिल्ला शिक्षा कार्यालयको अनुमतीमा भएको शूल्क बृद्धि तत्काल फिर्ता हुनु पर्ने उनीहरुको माग छ । अभिभावकको ढाड नै सेकिने गरी बिद्यालयले शुल्क बृद्धि गरेको भन्दै दर्जन बढी बिद्यार्थी संगठन संयुक्त रुपमा आन्दोलनमा उत्रिएका हुन् ।

यसैबीच समस्या समाधान तथा माग सम्बन्धमा छलफल गर्न सरकारले बिद्यार्थीहरुलाई वार्ताका लागि बोलाएको छ । काँग्रेस निकट बिद्यार्थी संगठन नेबिसंघका नेता युपी लामिछानेका अनुसार, बैठक अपरान्ह दुई बजेपछि हुनेछ । नयाँ शैक्षिक सत्रदेखि लागु हुने गरी निजि शैक्षिक संस्थाले ४५ प्रतिशतसम्म शुल्क बृद्धि गरेका छन ।