आइपीएलमा आज राजस्थान र चेन्नई भिड्ने
बैशाख ६, एजेन्सी ।
इंन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा आज यसैबीच आज राजस्थान रोयल्स र चेन्नइ सुपर किंग्स तथा मुम्बइ इन्डियन्स र रोयल च्यालेञ्जर्स बैंङ्लोरबीच प्रतिष्पर्धा हुनेछ ।
जारी लिगमा अपराजित रहेका राजस्थान र चेन्नईबीचको खेल अपरान्ह सवा ४ बजे अहमदावादमा हुने छ । ४ खेल खेलेको राजस्थान ८ अंकमा शीर्ष स्थानमा छ भने ३ खेलमा अपराजित रहेको चेन्नई ६ अंकमा दोस्रोमा छ । यस्तै ४ खेलबाट अंक जोड्न नकसेको मुम्बईले आज युवा खेलाडिले भरिएको बैंङ्लोरको सामना गर्दैछ । खेल बैंङ्लोरमा राती सवा ८ बजेपछि सूरु हुनेछ । २ खेलमात्र खेलेको बैंङ्लोर २ अंकमा मुम्बई भन्दा एक स्थानमाथि सातौं स्थानमा छ ।
यसअघि गएराती भएको खेलमा कोलकाता नाइट राइडर्सले किंग्स इलावेन पञ्जावलाई पराजित गरेको छ । पुनेमा भएको खेलमा १३ बल बाँकी छँदा पञ्जावले दिएको १ सय ५६ रनको लक्ष्य कोलकताले ६ विकेट गुमाउँदै भेट्टाएको हो । कोलकताका लागि आन्द्रे रुसेलले सर्वाधिक ६६ रन जोडे । युसुफ पठानले अविजित २८ रन जोड्दा सूर्य कुमार यादवले २३ रनको योगदान गरे । पञ्जावका लागि सन्दिप शर्माले चार विकेट लिए । यसअघि पञ्जावले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ५५ रनको योगफल तयार पारेको थियो । उसका लागि जर्ज बेलीले अर्धशतक तथा ग्लेन म्याक्स्वेलले ३३ रनको योगदान गरे पनि जित उन्मुख हुन सकेन । तीन खेल खेलेको कोलकता दुईमा जित र एकमा हारको नतिजा निकाल्दै ४ अंक सहित अंक तालिकाको तेस्रो स्थानमा छ । त्यस्तै खेलेका चार खेलमा तीनमा हार र एकमा मात्र जित निकालेको पञ्जव दुई अंक सहित छैंटौं स्थानमा छ ।
यस्तै हिजै भएको अर्काे खेलमा दिल्ली डेयरडेभिल्सले सनराइजर्स हैदराबादमाथि ४ रनको रोमान्चक जित हात पारेको छ । दिल्लीले प्रस्तुत गरेको १६८ रनको लक्ष्य पछ्याएको सनराइजर्सले २० ओभरमा ८ विकेट गुमाएर १६३ रन मात्र बनाउन सक्यो ।