Live Streaming

राष्ट्रपति जुमाको प्रतिबद्धता

बैशाख ६, एजेन्सी ।
दक्षिण अफ्रिकाका राष्ट्रपति ज्याकब जुमाले आप्रवासीहरुमाथि भईरहेका आक्रमणका लागि क्षमायाचना गर्न भएको छ । आप्रवासीहरुमाथिको आक्रमण चर्केपछि उहाले डर्बान बन्दरगाहस्थित शरणार्थी शिविरको भ्रमण गर्दै आक्रमण रोक्ने आश्वासन समेत दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन । उनीहरुविरुद्धको आक्रमण दक्षिण अफ्रिकी मान्यता विपरीत भएको राष्ट्रपति जुमाको भनाइ छ । तर केही आप्रबासीहरुले आक्रमण रोक्ने काममा ढिलाइ भएको भन्दै उहाको आलोचना गरेका थिए ।

डर्बानमा गरिएको जातीय आक्रमणमा कम्तीमा ६ जनाको ज्यान गएको र अन्य क्षेत्रमा पनि हिंसा फैलिएको समाचारमा जनाइएको छ । त्यसअघि उहाले आफ्नो देशमा विदेशीविरुद्ध हिंसात्मक आक्रमणका घटनाहरुमा वृद्धि भएको भन्दै इन्डोनेसियाको भ्रमण रद्द गर्नुभएको थियो ।  भ्रमण रद्ध गरेका जुमाले उत्तरी शहर डर्बानको शरणार्थी शिविरको भ्रमण गरेको विविसिले उल्लेख गरेको छ ।