भिटामिन ए तथा जुकाको औषधि खुवाइदै
काठमाडौं, ६ बैशाख ।
देशभरका बालबालिकालाई आज र भोलि भिटामिन ए तथा जुकाको औषधि खुवाइँदै छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित कार्यक्रमअनुसार आज र भोली ६ महिनादेखि ५ वर्षसम्मका बालबालीकाका लागि भिटामिन ए खुवाउन लागिएको हो ।
यस्तै एकदेखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि पनि खुवाइने बाल स्वास्थ्य महाशाखाले जनाएको छ । नगरपालिका र गाविसका हरेक वडामा तोकिएका केन्द्रहरूमा भिटामिन ए जुकाको औषधी खुवाउने व्यवस्था मिलाइएको महाशाखाले जनाएको छ ।