Live Streaming

राष्ट्रपतिद्वारा बे्रकफाष्टको आयोजना

काठमाडौं, ६ बैशाख ।
विश्वका राष्ट्रहरुको साझा समस्या तथा चुनौतिहरुका विषयमा छलफल गर्न काठमाडौंमा आयोजित दुइ दिने अन्तराष्ट्रिय सम्मेलन आज सकिदैंछ ।  पहिलो अफ्रो एसियाली सम्मेलन भएको ६० वर्ष पुगेको अवसर पारेर अफ्रो एसियाली जनएकता संगठन नेपालको आयोजनामा वान्डुङ सम्मेलनपछिका ६० वर्ष शिर्षकमासम्मेलन सुरु भएको हो । वान्डुङ सम्मेलनपछि विश्व राजनीतिमा परिवर्तन ल्याउन विभिन्न तहबाट भएका आन्दोलन र अहिले देखिएका चुनौतीका बारेमा सम्मेलनमा छलफल भएको छ ।

सम्मेलनमा सहभागी नेपाल सहित २१ मुलुकमा प्रतिनिधिसँग राष्ट्रपति रामबरण यादवले बिहान शितल निवासमा ब्रेकफाष्ट सहितको छलफल कार्यक्रम राख्नुभयो । कार्यक्रममा विभिन्न दलका शीर्ष नेता, सरकारी अधिकारी लगायत विशिष्ट ब्यक्तिहरुको सहभागिता थियो ।