संविधानसभाको बैठक बस्दै
काठमाडौं, ६ बैशाख ।
संविधानसभाको बैठक आज बस्दैछ । गत बुधबार निधन भएका पूर्व प्रधानमन्त्रि एबं संविधानसभाका जेष्ठ सदस्य सुर्य बहादुर थापाको शोक प्रस्ताव पारित गर्दै आजको बैठक केही दिन स्थगित हुने संविधानसभा सचिवालयले जनाएको छ । संविधानका विषयमा दलहरुबीच सहमति नजुटे अब निर्धारण हुने संविधानसभा बैठक प्रक्रियामा प्रवेश गर्ने सभाध्क्ष सुवासचन्द्र नेम्वाङले बताउनुभएको छ । दलहरुले सहमतिका लागि भन्दै पटक – पटक बैठक पछि सार्न आग्रह गरेपनि अहिले स्वत स्फूर्त रूपमा पाएको समय समेत उपयोग नगर्दा सहमति निर्माण हुन सकेको छैन ।
विपक्षीहरूले गत चैत्र २३ गतेका लागि सभाध्यक्षले संविधानसभाको बैठक तोक्दा शीर्ष तहमा छलफल नगरी बैठकको मिति तोकेर सभाध्यक्षले सहमतिका लागि समय नदिएको आरोप विपक्षी एमाओवादीले लगाएको थियो । तर सहमतिका लागि २३ गतेको बैठक पछि द्ई हप्ताको समय प्राप्त हुँदा समेत दलहरु सहमतिमा पुग्न सकेका छैनन् । नेम्बाङले संविधानसभाको आइतबारको बैठक पनि शोक प्रस्ताव मात्र पारित गरेर स्थगित हुने भएकाले तीन वा चार दिन मात्र समय दिएर अर्को बैठकको मिति तोक्ने तयारी गर्नुभएको छ ।