Live Streaming

कंग्रेस–एमाले छलफलमा जुट्दै

काठमाडौं, ६ बैशाख ।
संविधानका अन्तरबस्तुमा साझा धारणा बनाएर अघि बढ्ने बारे छलफल गर्न सत्तारुढ दल कँग्रेस एमालेको बैठक बस्दैछ । विहान १० बजे पछि प्रधानमन्त्रि निवास बालुवाटारमा बस्ने बैठकमा विपक्षीलाई समेत सँगै साथमा लिएर संविधान निर्माण प्रक्रियामा अघि बढ्नको लागि अपनाउन सक्ने लचकताका बारे छलफल हुने श्रोतले जनाएको छ ।

संविधान निर्माणमा बहुमतिय प्रक्रियाको विरोध गरिरहेको विपक्षी मोर्चालाई अब धेरै समय कुर्न नसक्ने बताइरहेका बेला सत्तासिन दलहरु साझा धारणा बनाउन छलफलमा जुट्न लागेका हुन । सहमतिको घनिभुत प्रयास गर्दा समेत विपक्षी मोर्चा सकारात्मक नदेखिए सत्तासिन दलहरु प्रक्रियामै अघि बढ्ने तयारी गरिरहेका छन । संविधान सभा अध्यक्ष सुवास नेम्वाङले आज बस्ने संविधानसभाको बैठकले तोक्ने अर्को बैठकको मितिसम्म सहमति नभए अब नियमावली अनुसार प्रकृया मार्फत अघि बढ्ने बताइसक्नुभएको छ ।