Live Streaming

एकीकृत माओवादी सहमतिवाट हटेः अर्थमन्त्रि

अर्थमन्त्री डा. रामशरण महतले देशमा एकीकृत माओवादी सहमतिवाट पछि हटेको बताउनु भएको छ । 

नुवाकोटको क्षेत्र नं. २ मा रहेको कविलास गाविसस्थित कालिकास्थान विकस क्षेत्रको आज  दोश्रों साधारण सभाको उद्घाटन गर्दै अर्थमन्त्रि डा. महतले पहिलो संविधान सभा पनि माओवादीको आडम्वरका कारण संविधान वन्न नसकि समाप्त भएको अवस्थामा अव सहमति नभए प्रक्रियावाटै संविधान निर्माण गरिने  बताउनु भयो ।  विश्वव्यापि सिद्धान्त भनेकै वहुमतिय प्रक्रिया भएको कारण दलहरुले अव सहमति नभए विलम्व नगरि वहुमतिय प्रक्रियावाटै संविधान निर्माण गरिनु पर्ने बताउनु भयो।  अव पनि सरकारमा रहेका दलहरु सके सहमति नभए वहुमतिय प्रक्रियावाट संविधान निर्माण गरि देशमा कृषिको विस्तार गरि निर्यातमुखी योजना ल्याइने तयारीमा रहेको अर्थमन्त्रि डा. महतले बताउनु भयो ।

नयां संविधान वनेर स्थायी शान्ति, सम्वृद्धि र विकास हुनुपर्ने वर्तमान समयमा दलहरुले सहमति नगर्दा समयमै संविधान वन्न नसकेको उहाँको भनाई थियो ।