Live Streaming

जाजरकोटको संक्रमण सञ्चारमाध्यमको बढाईचढाई : मन्त्री अधिकारी

दोलखा, ५ बैसाख । स्वास्थ्य मन्त्री खगराज अधिकारीले जाजरकोटमा फैलिएको महामारी १० दिनभित्र नियन्त्रणमा आइसक्ने बताउनु भएको छ ।

चरिकोटमा सञ्चारकर्मीसंग आज कुरा गर्दे मन्त्री अधिकारीले संक्रमण फैलिएको क्षेत्रमा सरकारले स्वास्थ्यकर्मी र औषधीको व्यबस्था मिलाई सकेकाले १० दिन भित्र महामारी नियन्त्रणमा आउने बताउने भएको हो । सञ्चारमाध्यमले जाजारकोटमा फैलिएको संक्रमणलाई बढाइचढाई समाचार सम्पे्रशन गरेका कारण  जाजरकोटबासीमा झन त्रास फैलिएको मन्त्री अधिकारीको भनाई थियो ।