Live Streaming

पाकिस्तानमा इस्लामिक स्टेटका प्रमुख मारिए

बैशाख ४, एजेन्सी ।
पाकिस्तानमा इस्लामिक स्टेटका प्रमुख हाफिज मोहम्मद सईद आफैंले सडकमा राखेको बम विस्फोटमा मारिएका छन् । अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार हाफिज पाकिस्तानको द्वन्द्वग्रस्त उत्तर पश्चिम दुर्गम इलाकाको सडक किनारामा बम विच्छ्याउने क्रममा बिस्फोट हुँदा मारिएका हुन् । तर इस्लामिक स्टेटले भने आफ्ना प्रमुख मारिएको घटनाको पुष्टि गरिसकेको छैन । पाकिस्तानको एक्सप्रेस ट्रिब्युनको रिपोर्टका अनुसार हाफिजसँगै उनका दुईजना साथी पनि मारिएका छन् ।

रिपोर्टमा पाकिस्तानी सुरक्षा बलको तर्फबाट गरिएको दाबी अनुसार मारिएकामध्ये एकजना पाकिस्तानको आइएसका प्रमुख थिए । समाचार अनुसार हाफिज ओरकजई एजेन्सी क्षेत्रमा बस्दै आएका थिए । उनी तहरिक ए तालिबान पाकिस्तानका पाँच शीर्ष कमाण्डरमध्ये एक थिए । उनले पछिल्लो साल अक्टोबरमा तहरिक ए तालिबानबाट आफू अलग्गिएको घोषणा गरी आइएसमा सामेल भएका थिए ।