शुल्क बृद्धिको विरोधमा नवलपरासीका बिद्यालय बन्द
नवलपरासी, ४ बैशाख ।
शुल्क बृद्धिको विरोधमा नवलपरासीका ६ विद्यार्थी संगठनहरुले अनिश्चितकालिन निजी विद्यालय बन्दको घोषणा गरेका छन् । आईतवारदेखि गरेको अनिश्चितकालिन विद्यालय बन्द बृद्धि गरेको शुल्क फिर्ता नभएसम्म जारी रहने ती विद्यार्थी संगठनहरुले जनाएका छन् ।
नेविसंघ, अनेरास्ववियु, एकीकृत माओवादी, मोहन बैद्य र नेत्रबिक्रम चन्द निकट अखिल क्रान्तिकारी र नेपाल विद्यार्थी मोर्चाद्धारा संयुक्तरुपमा जारी विज्ञप्तीमा जिल्ला शिक्षा कार्यालयको मिलमतोमा नेपालमै सबैभन्दा बढी नवलपरासीका निजी विद्यालयहरुले ५५ प्रतिशतसम्म शुल्क बृद्धि गरेकाले फिर्ता नलिए सरकारी शैक्षिक संस्थासहित अन्य क्षेत्रमा पनि कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।