रुकुममा पनि अज्ञात रोग भेटियो
रुकुम, ४ बैशाख ।
रुकुमको चौखावाङ ५ हिलमा अज्ञात रोगको लक्षण देखा परेको छ । रुघाखोकी, टाउको दुख्ने, ज्वरो आउने वाकवाकी तथा रिगाँटा लाग्ने जस्ता रोगका लक्षणहरु देखा परेपछि स्थानीयबासी त्रसित भएका छन् ।
गाउँका करिब २२ जनामा यस्ता लक्षणहरु देखापरेको र स्वास्थ्यचौकी चौखावाङमा सिटामोल बाहेक अन्य औषधी उपलब्ध नभएपछि उपचारमा समस्या भएको स्थानियले बताएका छन् । स्वाईनफ्लुको संक्रमण भएको हुनसक्ने भन्दै स्थानीय त्रसित भएका हुन ।