पूर्वप्रधानमन्त्री थापाको अन्त्येष्टि
काठमाडौं, ४ बैशाख ।
पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापाको आज राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा अहिले अन्त्येष्टि गरिएको छ । थापाको पार्थीव शरिरलाई बिहीवार साँझ उहाका छोरा शुनिल बहादुर थापाले दागबत्ती दिनु भएको हो । यसअघि दशरथ रङगशालामा स्व. थापालाई राष्ट्रिय सम्मानका साथ श्रद्धाञ्जली दिए लगत्तै वानेश्वर, बत्तिसपुतली र गौशालाको बाटो हुँदै पशुपति आर्यघाट लगिएको हो । थापाको शव यात्रामा पार्टीका नेता कार्यकर्ता शुभचिन्तक सर्वसाधरणको समेत उल्लेखिय सहभागिता थियो ।
यसअघि रङगशालामा स्व. थापालाई अन्तिम श्रद्धाञ्जली दिन प्रधानमन्त्रि सुशील कोइराला, संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्वाङ, एमाले अध्यक्ष केपी ओली, एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल, कँग्रेस उपसभापति रामचन्द्र पौडेल एमाले बरिष्ठ नेता झलनाथ खनाल विभिन्न दलका शिर्ष नेता मन्त्री सुरक्षा निकायका उच्च अधिकारी लगायतको समेत उपस्थित थियो ।
त्यस्तै विहान पार्टी कार्यलय चाबहिलमा भने उपराष्ट्रपति परमानन्द झा नेकपा माओवादीका अध्यक्ष मोहन बैद्य लगायत राप्रपाका नेता तथा कार्यकर्ताले श्रद्धाञ्जली दिएका थिए । थापाको उपचारका क्रममा बुधबार राती भारतको मेदान्त अस्पतालमा निधन भएको थियो । उहाँको पार्थिव शरिर हिजो साँझ इन्डियन एयर फोर्सको बिषेश विमानबाट नेपाल ल्याइएको हो । हिजो रातभर मालीगाउँस्थित निवासमा राखिएको उहाँको शवलाई आज विहान दश देखि बाह्र बजेसम्म श्रद्धाञ्जलीका लागि पार्टि कार्यालय चावहिलमा राखिएको थियो । सो लगत्तै अन्तिम श्रद्धाञ्जलीका लागि उहाको शव अहिले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा राखिएको हो ।
यसैबीच पूर्वप्रधानमन्त्री थापाको निधनप्रति पूर्वराजा ज्ञानेन्द्र शाहले दुःख व्यक्त गर्नुभएको छ । आफ्नो भारत भ्रमण छोट्याएर आज काठमाण्डौ आएका पूर्वराजा शाहले स्वर्गीय थापाको आत्माको चिरशान्तीको कामना गर्नुभएको छ ।