पत्रकारलाई जेल
बैशाख ४, एजेन्सी
चीनमा एक महिला पत्रकारलाई जेल सजाय सुनाइएको छ । ७१ वर्षीया गाओ यु ले महत्वपूर्ण सूचना चुहाएको आरोपमा उनलाई सो सजाय सुनाइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन । चुहावट भएका सूचना विदेशी सञ्चारमाध्यमहरुले व्यापक रुपमा प्रकाशन तथा प्रसारण गरेको जनाइए पनि कुन सूचना चुहावट भयो भन्नेबारेमा स्पष्ट गरिएको छैन ।
यसैबीच एम्नेष्टी इन्टरनेसनलले सो सजायलाई स्वतन्त्रताको अपमान भएको ठहर गरेको छ ।