उद्योगी-व्यापारी विरोध रयाली सहित सडकमा
काठमाडौं, ४ बैशाख ।
सरकारले काठमाडौं उपत्यकामा प्लाष्टिक झोला प्रतिबन्ध लगाएको विरोधमा उद्योगी व्यापारी सडकमा उत्रिएका छन । बिनाविकल्प प्लाष्टिक झोला प्रतिबन्ध लगाएको भन्दै उद्योग वाणिज्य महासंघ र प्लाष्टिक झोला उत्पादक संघको अगुवाइमा काठमाडौंको भृकुटीमण्डपबाट उद्योगी÷व्यापारी विरोध ¥याली सहित सडकमा उत्रिएका हुन ।
विरोध ¥यालीमा सहभागीले उचित विकल्प दिएर मात्रै प्लाष्टटिक झोला प्रतिबन्ध लागउन सरकारसँग माग गरेका छन । विकल्प नदिइकन प्लाष्टिक झोला प्रतिबन्ध लगाउदा प्लाष्टिक झोला उत्पादक उद्योगमा कार्यरत हजारौ मजदुर बेरोजगार हुने उनीहरुको दाबी छ । सरकारले काठमाडौं उपत्यकामा वैशाख १ गतेबाट प्लाष्टिक झोला प्रयोगमा प्रतिबन्ध लगाएको छ ।