मुलुकभर एमाले नेता ढकालको श्रद्धाञ्जली सभा आयोजना
काठमाडौं, ४ बैशाख ।
पोलिट्व्युरो सदस्य रामनाथ ढकालको निधन भएको १३ औं दिनको पूण्यतिथिमा एमालेले आज मुलुकभर श्रद्धाञ्जलीसभा आयोजना गरेको छ । स्वाइन फ्लु र कडा निमोनियाका कारण एमाले पोलिट्व्युरो सदस्य रामनाथ ढकालको उचारका क्रममा ग्राण्डी अस्पतालमा चैत्र २२ गते निधन भएको थियो ।
राजधानीको बल्खुस्थित केन्द्रिय कार्यालयमा एमालेले बिशेष कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रमलाई अध्यक्ष केपी ओली, बरिष्ठ नेता झलनाथ खनाल, उपाध्यक्ष भीम रावल, अष्टलक्ष्मी शाक्य सहित शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ ।
यस्तै जिल्ला कमिटिहरुले समेत ढकालको १३ औं दिनको पूण्यतिथिमा कार्यक्रमको आयोजना गरिरहेको हाम्रा सहकर्मीहरुले जनाएका छन् ।