ईङ्ल्याण्ड बिरुद्ध वेष्टईण्डिजको खराव प्रदर्शन जारी
बैशाख ४, एजेन्सी ।
ईङ्ल्याण्डले पहिलो टेष्ट क्रिकेटमा दिएको ४ सय ३८ रनको उच्च लक्ष्य पछ्याएको वेष्टईण्डिजले खराव सुरुवात गरेको छ । चौथो दिनको खेलको समाप्तिमा उसले २ विकेट गुमाई ९८ रन जोडेको छ । डारेन ब्राभो ३२ र क्रेग ब्रेथवेट ५ रनमा आउट भए ।
यसअघि ३ विकेटको क्षतिमा १ सय १६ रनबाट आज चौथोृ दिनको खेल थालेको पाहुना टोली ईङ्ल्याण्डले ७ विकेटको क्षतिमा ३ सय ३३ रनमा दोस्रो ईनिङ्गस् डिक्लियर गरेपछि क्यारेबियन टोलीले ४ सय ३८ रनको उच्च लक्ष्य पाएको हो । गेरी ब्यालेन्स १ सय २२ तथा जोए रुट र जोस बट्लरले समान ५९ रन जोडेका थिए ।
टस हारेर ब्याटिङ्ग गरेको ईङ्ल्याण्डले पहिलो ईनिङ्गस्मा ३ सय ९९ रन बनाएको थियो भने वेष्टईण्डिज २ सय ९५ रनमा समेटिएको थियो ।