राजस्थानको लगातार चौथो जित
बैशाख ४, एजेन्सी ।
इण्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा राजस्थान रोयल्सले लगातार चौथो जित दर्ता गरेको छ । नियमित कप्तान शेन वाट्सन चोटका कारण मैदान बाहिर रहेपनि अष्ट्रेलियन ब्याट्सम्यान स्टेभन स्मिथको कप्तानीमा रहेको राजस्थान ८ अंकमा शीर्ष स्थानमा छ ।
भिसाखापटनममा राजस्थानले गएराती सनराइजर्स हैदरावादलाई ६ विकेटले पराजित ग¥यो ।
हैदरावादले दिएको १ सय २८ रनको सामान्य लक्ष्य भेट्टाउन राजस्थानले अन्तिम वलसम्म कुर्न प¥यो । अन्तिम वलमा एक रन चाहिएको अवस्थानमा जेम्स फकनरले चौका प्रहार गरेपछि राजस्थान लगातार चौथो जित दर्ता गर्न सफल भयो । राजस्थानको जितमा अजन्क्या राहानेले ६२ र सन्जु सामसोनले २६ रनको योगदान गरे ।
यसअघि टस हारेर पहिले ब्याटिङ्ग गरेको हैदरावादले निर्धारित ओभरमा ५ विकेट गुमाई सय २७ रनको योगफल तयार पारेको थियो । ईयान मोर्गानले २७, नामन ओझाले २५, रबि बोपाराले २३ र डेभिड वार्नरले २१ रन जोडे । हारपछि हैदरावाद २ अंकमा छैठौं स्थानमा झरेको छ ।
प्रतियोगितामा आज मुम्बइ इण्डियन्स र चेन्नेइ सुपर किंग्सबीच राती सवा ८ बजे खेल हुनेछ । तीन खेलको समाप्तिमा मुम्बई अंक बिहिन छ भने २ खेल खेलेको सुपरकिङ्गस् ४ अंकमा दोस्रो स्थानमा छ ।