Live Streaming

पूर्वप्रधानमन्त्री थापाको शव आजै ल्याउने तयारी

काठमाडौं, ३ बैशाख ।
उपचारकै क्रममा भारतको मेदान्त अस्पतालमा निधन भएका पूर्वप्रधानमन्त्री एवं राष्ट्रिय प्रजातन्त्र पार्टीका संस्थापक अध्यक्ष सूर्यबहादुर थापाको पार्थिव शरीर आजै अपरान्ह काठमाडौं ल्याउने तयारी भएको छ।
 
बुधबार राति भारतको हरियाणास्थित मेदान्त अस्पतालमा उपचारका क्रममा उहाँको निधन भएको थियो। थापाको निधनपछि राप्रपा केन्द्रीय समितिको आकस्मिक बैठक अहिले केहीबेरपछि अध्यक्ष पशुपतिशम्शेर राणाको निवासमा बस्दैछ। अपरान्ह विमानमा ल्याइने थापाको पार्थिव शरीरलाई सिधै उहाँको निवास मालीगाउँमा लगेर श्रद्धाञ्जलीका लागि राखिनेछ।
 
मन्त्रिपरिषद्को निर्णयपछि मात्रै भोली उहाँको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि सार्वजनिक स्थलमा राखिने छ। भोली नै उहाँको अन्तिम दाहसंस्कार हुने छ। पाँचपटकसम्म प्रधानमन्त्री भएका वरिष्ठ राजनीतिज्ञ थापालाई सरकारले राजकीय सम्मान दिने तयारी गरेको छ। त्यसका लागि मन्त्रिपरिषद्को आजै आकस्मिक बैठक बस्ने संभावना छ ।
 
८८ वर्षीय थापा पेटमा समस्या देखिएपछि शल्यक्रियाका लागि मेदान्त अस्पताल जानुभएको थियो । उहाँको चैत २७ गते शल्यक्रिया गरिएको थियो। शल्यक्रिया सफल भएपछि उहाँलाई भीआईपी कक्षमा राखिएको थियो।

 
पूर्वप्रधानमन्त्री एवं राप्रपाका बरिष्ठ नेता सूर्यबहादुर थापाको ८८ बर्षको उमेरमा गएराती निधन भएको छ । - See more at: http://radioannapurnanepal.com/annapurna-khabar#sthash.AnM3fBRR.dpuf

पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको निधन

पूर्वप्रधानमन्त्री एवं राप्रपाका बरिष्ठ नेता सूर्यबहादुर थापाको ८८ बर्षको उमेरमा गएराती निधन भएको छ ।

- See more at: http://radioannapurnanepal.com/annapurna-khabar#sthash.AnM3fBRR.dpuf
पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको निधन
पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको निधन
पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको निधन