Live Streaming

२८ मलामी रिहा

दाङ, ३ बैशाख ।
दाङको तुलसीपुर राइखलीयानस्थित पातुखोलामा अन्तिम दाहासंस्कार गर्न लगिएको शव सहित इलाका प्रहरी कार्यालय तुलसीपुरले नियन्त्रणमा लिएका २८ जना मलामीलाई गएराती छाडेको छ । सबै मलामीलाई प्रहरीले आफन्तहरुको जिम्मा लगाएको हो ।

दाइले भाइको हत्या गरेको भन्ने पोल खुलेपछि पातुखोलामा अन्तिमसंस्कार गर्न लगिएको शवसहित २८ जना मलामीलाई नियन्त्रणमा लिईएको प्रहरी नायबउपरीक्षक चक्रराज जोशीले जानकारी दिनुभयो । आफ्ना २३ बर्षीय भाइ जंगबहादुर चौधरीलाई दशुराम चौधरीले हत्या गरेको सुचना पाएपछि प्रहरीको टोली दाहसंस्कार स्थल पुगेको थियो । मदिरा सेवनका क्रममा विवाद भएपछि दशुरामले दाउराले टाउको र अनुहारमा हिर्काउँदा भाइ जंगबहादुरको मृत्यु भएको थियो ।

बढी मदिरा सेवनका कारण मृत्यु भएको भन्दै दाहसंस्कारका लागि शब लगिएपनि हत्याको आशंकामा सोधपुछका लागि उनीहरुलाई नियन्त्रणमा लिईएको जोशीले बताउनुभयो । शव पोष्टमार्टमका लागि राप्तीअञ्चल अस्पतालतुलसीपुरमा पुराइएको छ । मलामीहरुले भने आफूहरुलाई हत्या भएको जानकारीनभएको र प्रहरीले शव खोलेर हेर्दा मात्र आफूहरुले थाहा पाएको बताएका छन् ।